काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज (असार ३२ गते) देखि एफपीओ निष्काशन गरेकाे छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेकाे हो ।
सो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ। छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गतेसम्म आवेदन दिन सकिने छ।
बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गरेकाे हो । हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। एफपीओ निष्काशन सँगै सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुग्नेछ ।
बैंकले १ अर्ब ४५ करोड २३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गरेकाे हाे । यसमा बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेकाे छ ।
आर्थिकन्यूज