शीर्षकहरू

सिद्धार्थ बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिद्धार्थ बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैँ । सिद्धार्थ बैंकले निष्काशन गरेकाे ऋणपत्रमा आवेदन दिने आज असार ३२ गते अन्तिम दिन रहेकाे छ । असार २९ गतेदेखि बिक्री खुला गरिएकाे साे ऋणपत्रका लागि आजसम्म मात्र आवेदन दिन सकिने छ । 

बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हाे ।

जस मध्ये १५ लाख कित्ता अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निजी तबरबाट र १० लाख कित्ता अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरिएकाे हाे । सर्वसाधारणलिई छुट्याईएको मध्येबाट ५० हजार कित्ता म्युचुअल फण्डलाई बिक्री गरिने जनाइएकाे छ । जसका लागि न्यूनतम् २५ कित्ता र अधिकतम निष्काशन गरिएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

१० वर्ष अवधिको यस ऋणपत्रकाे वार्षिक ७.२५ प्रतिशत ब्याजदर रहेकाे छ । ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

बैंकले  असार ६ गते नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।