काठमाडौं ।हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीले असार २४ गतेदेखि असार २७ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ७३ हजार ९ सय ७५ कित्ता शेयर निष्कासन गरेको थियो। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट शेयर बाँडफाँड हुनेछ, जसमा ७७ हजार ३ सय ९७ जनाले शेयर पाउनेछन्। यीमध्ये ५ जनाले ११ कित्ता शेयर प्राप्त गर्नेछन् ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन गरिसकेको छ ।
हिम स्टार उर्जा कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीका मुख्य शेयरधनीहरूमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड, दुतराज लामा लगायत छन् ।
आर्थिकन्यूज