शीर्षकहरू

भारतमा टेस्लाको आक्रमक बजार विस्तार, ८ वटा चार्जिङ स्टेशन स्थापना गर्ने घोषणा

भारतमा टेस्लाको आक्रमक बजार विस्तार, ८ वटा चार्जिङ स्टेशन स्थापना गर्ने घोषणा

एजेन्सी । टेस्लाको भारतका मुम्बई र दिल्लीमा ८ वटा चार्जिङ स्टेशनहरू स्थापना गर्ने घोषणा पनि गरेको छ। यी स्टेशनहरूमा एक पटकमा २५२ वटा इलेक्ट्रिक सवारी साधन चार्ज गर्न सकिन्छ। कम्पनीले भारतमा अन्य मोडेलहरू लन्च गर्नेछ र अन्य प्रमुख शहरहरूमा पनि स्टोरहरू खोल्नेछ।

पहिलो शोरुम मुम्बईको बान्द्रा-कुर्ला कम्प्लेक्समा खुलेको छ। कम्पनीले भर्खरै भारतीय बजारमा आफ्नो सबैभन्दा लोकप्रिय कम्प्याक्ट इलेक्ट्रिक एसयूभी मोडेल वाई लन्च गरेको छ, जसको एक्स-शोरूम मूल्य ६० लाख रुपैयाँबाट सुरु हुन्छ। यसबाहेक, कम्पनीले स्टोरबाट लगभग ६ किलोमिटर टाढा सेवा केन्द्र र गोदाम पनि खोलेको छ। भारतीय बजारका ठूला खेलाडीहरूलाई कडा प्रतिस्पर्धा दिन तयार रहेको देखाएको छ।