शीर्षकहरू

हिम स्टार उर्जाकाे आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता

हिम स्टार उर्जाकाे आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज बुधबार आईपीओ बाँडफाँड गरेको हो ।

उक्त आईपीओमा आवेदन परेको मध्ये १८ लाख ९५ हजार ३ सय ७६ जनाको आवेदन मात्र योग्य भएको छ। जसमध्ये ७७ हजार ३ सय ९२ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् । 

कम्पनीले असार २४ गतेदेखि २७ गतेसम्म सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन गरिसकेको छ ।

हिम स्टार उर्जा कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।