काठमाडौं । धितोपत्र दलाल कम्पनी (ब्रकर)ले पनि आईपीओ निष्काशन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोडले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली छैठौँ संशाेधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसैगरी, कुनै पनि सूचीकृत संस्थामा सञ्चालक, कर्मचारी वा लेखा परीक्षक रहेको व्यक्ति ब्रोकर कम्पनीको सञ्चालक तथा कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था थियो । अब भने वाणिज्य बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले धितोपत्र व्यवसाय सञ्चालन गर्न ब्रोकर कम्पनी स्थापना गरेको भए सो बैंक तथा वित्तीय संस्थाको कर्मचारी उक्त ब्राेकर कम्पनीको सञ्चालक वा कार्यकारी प्रमुख बन्न अयोग्य हुने छैनन् ।
त्यसैगरी, ब्रोकर कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी पुर्याउनु पर्ने समय अवधि पनि थप भएको छ । यस अघि कम्पनीहरुले २०८२ असार मसान्तभित्र न्यूनतम् चुक्ता पूँजी पुर्याउनु पर्ने थियो । अब भने चुक्ता पुँजी पुर्याउने अन्तिम मिति २०८२ चैत मसान्तलाई तोकिएको छ । सिमित कार्य गर्ने धितोपत्र दलाल कम्पनीले २० करोड र पूर्व कार्य गर्नेले ६० कराेड रूपैयाँ पूँजी पुर्याउनु पर्ने छ । धितोपत्र व्यापारीले १ अर्ब ५० करोड पूँजी पुर्याउनु पर्नेछ ।
आर्थिकन्यूज