शीर्षकहरू

सान्भि इनर्जीको सेयर सूचीकृत, आगामी आइतबारबाट कारोबार हुने

सान्भि इनर्जीको सेयर सूचीकृत, आगामी आइतबारबाट कारोबार हुने

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको ८८ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ। कम्पनीको पहिलो सेयर कारोबार आगामी आइतबारबाट हुनेछ।

पहिलो कारोबारको लागि कम्पनीले एक सय २० रूपैयाँ ७४ पैसादेखि तीन सय ६२ रूपैयाँ २२ पैसाको मूल्य रेञ्ज पाएको छ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको आधारमा तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ।

कम्पनीमा सर्वसाधारणको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूको ५० लाख १० हजार कित्ता सेयर स्वामित्व छ।