शीर्षकहरू

नेपालका लागि ईभी नै उपयुक्त, पूर्वाधारको अभाव छैन : प्रबन्ध निर्देशक सापकोटा (अन्तर्वार्ता)

नेपालका लागि ईभी नै उपयुक्त, पूर्वाधारको अभाव छैन : प्रबन्ध निर्देशक सापकोटा (अन्तर्वार्ता)

काठमाडौं । पछिल्ला वर्षहरुमा देशमा आर्थिक मन्दीको संकेत देखिएको अर्थविद्ले बताउँदै आएका छन् । यस अवस्थामा नेपालमा अन्य क्षेत्र सुस्त हुँदा अटोमोबोइल क्षेत्र भने प्राय चलायमान नै रह्यो । नेपालमा ईभीको आयात वृद्धि भएकाले अटोमोबाइल क्षेत्रलाई मन्दीले खासै असर नपुर्याएको अटो व्यवसायीको बुझाई छ । 

नेपालमा ईभीको बजार विस्तार भएकाले मन्दीले अटोमोबाइल क्षेत्रलाई खासै असर नगरेको नेपालका हेनरी भोल्ट ब्राण्डको आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी क्युब इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक श्याम सापकोटाका बताउँछन् । उनका अनुसार यहि अवधिमा नेपालमा नयाँ नयाँ ईभीका ब्राण्डहरु भित्रिए । ईभीको क्रेज बढ्दै गयो । त्यस कारणले आर्थिक मन्दीले अन्य क्षेत्रलाई जसरी यस क्षेत्रलाई असार गर्न सकेन । 

तर, केही मात्रामा भने असर पुगेको उनी स्वीकार गर्छन् । विगतका वर्षको तुलना गर्दा पेट्रोल तथा डिजेल इन्धन सवारी र दुई पांग्रे सवारीमा भने मन्दीको असर कायमै रहेको छ । विगत दुई तीन वर्ष अघिसम्म वार्षिक करिब ३ लाख वटा दुई पांग्रे सवारी बिक्री हुने गरेकोमा अहिले भने त्यसको ५० प्रतिशतमात्रै बिक्री हुने गरेको उनको भनाई छ । उनले भने, 'विगतमा वार्षिक ३ लाख वटा दुई पांग्रे सवारी बिक्री हुने बजारमा अहिले १ लाख ५० हजार मात्रै बिक्री हुँदै आएको छ । यसले मन्दिको असर छ भन्ने जनाउँछ ।’

यसैगरी, आईस इन्धन चार पांग्रे सवारी वार्षिक २० हजारको हाराहारीमा बिक्री हुँदै आएकोमा अहिले १५ हजारमा झरेको छ ।

हेनरी भोल्टको व्यपार औषत  

प्रबन्ध निर्देशक सापकोटाका अनुसार हेनरी भोल्टको अवस्था भने औषत नै रहेको बताउँछन् । हेनरी भोल्ट सीटी ह्याजब्याक ईभी कार भएकाले मन्दिले खासै असर गरेन । तर, कम्पनीले आक्रामक मार्केटिङ रणनीति नबनाउँदा गुणस्तरिय ब्राण्ड भएपनि सोही अनुसारको सेल्स नभएको उनी बताउँछन् । 

उनका अनुसार बार्षिक १०० वटाका दरले हेनरी भोल्ट बिक्री हुन्छ । हेनरी भोल्ट नेपाल भित्रिएको ३ वर्ष भयो । ३ वर्षमा ३०० बढी युनिट बिक्री भएको छ । यो इन्ट्री लेबलको ईभी पनि हो । जसको मूल्य १९ लाख रुपैयाँको हाराहारी छ । कम्पनीले हेनरी भोल्टको एउटा मात्रै मोडल बिक्री गरिरहेको छ । धेरै मोडलहरु एकैसाथ बिक्री गर्दा त्यसको पार्टसको समस्या, स्थिरतामा समस्या हुने सम्भावना भएकाले कम्पनीले एउटा मात्रै मोडल हेनरी भोल्ट्स मोडल एच बिक्री गर्दै आएको प्रबन्ध निर्देशक सापकोटा बताउँछन् । तर, विगतका तुलनामा सो गाडीमा धेरै फिचरहरू अपग्रेड भएको छ । यो चाइनिज ब्राण्ड हो । विश्वका २० भन्दा धेरै देशमा विभिन्न नामबाट यो ब्राण्डको गाडी बिक्री हुँदै आएको छ ।

नेपालका लागि ईभीनै उत्तम

सापकोटाका अनुसार ईभी नेपालका लागि एकदमै उपयुक्त स्थान हो । उनले चिनमा ईभीको बजार विस्तार भएको देखेर नेपालमा पनि ईभी नै ल्याएको उल्लेख गर्दै नेपाल ईभीका लागि उत्कृष्ट स्थान भएको बताए । उनले चिनको संघाई सिटिमा ठुला-ठुला ईभी बसहरु सञ्चालन भएको देखेपछि नेपालमा पनि ईभी क्रेज बढ्ने सोचेर ईभी आयात गरेको बताउँछन् । नेपाल जलश्रोतको धनी देश भएकाले जलविद्युतको धेरै सम्भावना रहेको छ । हाइड्रो पावरमा लगानी बढ्दै गएसँगै नेपालमा विद्युत अत्यधिक उत्पादन हुने भएकाले उनले ईभी नेपालका लागि उपयुक्त भएको बताए ।

विभिन्न देशले ईभीमात्रै सञ्चालन गर्ने नीति लिएका छन् । नेपालमा पनि अहिले ७० प्रतिशत सवारी (कार, जीप र भ्यान सेग्मेन्टमा) ईभी नै छन् । यो १०० प्रतिशत पुग्नुपर्ने उनको धारण छ । 

प्रोडक्टको बारेमा नलेज नभई आयात गर्दा समस्या

विगतमा नेपालमा धेरै ईभी ब्राण्ड आयात भए र बन्द पनि भए । यसले गर्दा धेरै उपभोक्ता मारमा परे । आयात गर्ने व्यवसायीमा ईभीको टेक्निकल नलेज नहुँदा यस्तो समस्या भएको उनी बताउँछन् । नेपालका लागि कस्तो प्रोडक्ट राम्रो हुन्छ । त्यस प्रोडक्टको टेक्निकल विषयहरू के के हुन लगायतको विषयमा नलेज नभई व्यवसायीहरुले ल्याउने बेच्ने पैसा कमाउने नीति अपनाउँदा समस्या भएको उनको भनाई छ । 

यी विषयमा केही थाहा नभई व्यवसायीहरुले आयात गरे र पनि सो गाडी नेपालको बाटोमा उपयुक्त होइन रहेको भन्ने थाहा पाए पछि ब्राण्ड बन्द गर्ने गरेकाले उपभोक्ता नै मर्कामा परेको उनी बताउँछन् । त्यसले गर्दा राम्रे गुणस्तको ईभी बिक्री गर्ने व्यवसायीलाई अप्रत्यक्ष असर गरेको छ । 

ईभीका लागि पूर्वाधार अपुग छैन 

एमडी सापकोटाले पछिल्लो समय नेपालमा ईभीको पूर्वाधारको अभाव नरहेको बताउँछन् । आज भन्दा एक दुई वर्ष अघिसम्म पूर्वाधार कम भएपनि अहिले भने पर्याप्त रहेको छ । पूर्वाधार चाहिने भनेको कमर्सियल भेहिकलका लागि हो । एसईभी कार त घरमा नै चार्ज गर्न सकिन्छ । त्यसैले चार्जिङ समस्या छैन । 

अहिले धेरै ठाउँमा चार्जिङ स्टेशन बनेको छ । मानिसहरुले साईट बिज्नेशको रुपमा पनि चार्जिङ स्टेशन निर्माण गर्ने गरेका छन् । यात्रा गर्दा बाटोको धेरै स्थानहरुमा चार्जिङ स्टेशन रहेको देखिन्छ । त्यस कारण यसमा समस्या नभएको उनी बताउँछन् ।