शीर्षकहरू

विदेश भ्रमणमा जानेले साथमा ३ हजार अमेरिकी डलर लैजान पाउने

विदेश भ्रमणमा जानेले साथमा ३ हजार अमेरिकी डलर लैजान पाउने

काठमाडौं । नेपाली नागरिकहरूलाई राहदानी बापत प्रति पटक अमेरिकी तीन हजार अमेरिकी डलर साथमा लैजान पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ शंसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यस व्यवस्था भारत बाहेकका मुलुकमा जाने नेपालीको लागि मात्रै हो । यसअघि विदेश जानेले साथमा दुई हजार ५०० अमेरिकी डलर लैजान पाउने व्यवस्था थियो । 

डेरिभेटिभ कारोबारको हकमा बक्यौता खरिद र बिक्री दुवैको जोड प्राथमिक पुँजीको २५ प्रतिशत भित्र हुनुपर्नेछ । यसअघि यस्तो सीमा २० प्रतिशत तोकिएको थियो । 

मुद्रा सटही सम्बन्धी कारोबार गर्ने ग्राहकले ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा राख्नुपर्नेछ । यसअघि ग्राहकको उपयुक्त पहिचान गर्न आवश्यक पहिचान लिने र सोको उचित परीक्षण गरी रेकर्ड समेत गर्नुपर्ने िथयाे ।