काठमाडौं । अब श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ हुने भएको छ । अब सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी नयाँ पारिश्रमिक निर्धाण गरेको हो ।
मन्त्रालयका अनुसार चालु आव साउन आजदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । सिफारिस अनुसार अब श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० पुगेको छ । यसभन्दा पहिला श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ मात्र थियो ।
आर्थिकन्यूज