शीर्षकहरू

ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो आफ्नो नयाँ टिएमएस, यस्ता छन विशेषता

ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो आफ्नो नयाँ टिएमएस, यस्ता छन विशेषता

काठमाडौ ।  ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो आफ्नो नयाँ टिएमएस संचालनमा ल्याएको छ । सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएसँगै हालको धितोपत्र खरिद बिक्री सेवा सहित मार्जिन कारोबार सेवा प्रदान गर्नका लागि अरुण सेक्युिरिटज एट्रेडमा जोडिएको हो ।

डीजीहबले सञ्चालनमा ल्याएको अत्याधुनिक नयाँ टीएमएस एट्रेडमा लगानीकर्ताले कारोबार गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको सुविधा प्राप्त गर्ने दाबी गरिएको छ । साथै यसमा लगानीकर्ताले मार्जिन कारोबार गर्ने सुविधा प्राप्त गर्नेछन । यसका साथै यसमा जोडिने ग्राहकहरूले आफ्नो शेयर बिक्री गर्नासाथ बिक्री गरेको रकम बराबर कारोबार लिमिट प्राप्त गर्न सक्ने जनाइएको छ । 

नेपाल धितपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यावसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पश्चात् २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था गरेको छ ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको टीएमएसबाट कारोबार सञ्चालन गरिरहेको अरुण सेक्युिरिटजले अहिले सञ्चालनमा रहेको टिएमएसमा मार्जिन कारोबार सुविधा नभएकोले आगामी दिनहरुमा मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउन डीजीहबको एट्रेड अन्तरगत आफ्नो कारोबार गर्ने जानकारी गराको छ ।

अरुण सेक्युिरिटजले नेप्से अन्तरगतको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आजदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।

हाल अरुण सेक्युिरिटजमा करिव २ लाख लगानीकर्ताले ब्रोकर खाता खोली सेयर कारोबार गर्दै आएका छन् ।आजदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित शेयर खरिदबिक्री गर्न पाउनेछन्।

एट्रेडमा टिएमएसमा लगानीकर्ताले वेवबाट, डेक्सटपबाट तथा मोबाइल एपलगायतबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो लाईभ हेर्न पाउनुकासाथै लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा कारोबारको पारदर्शिता,  सिस्टमको सुरक्षा तथा कारोबार डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषताहरुमाः
१ .मोबाईल भर्सन
२ .वेब भर्सन
३ .डेस्कटप भर्सन रहेको छ ।

अन्य अपरेसनल बिशेषतहरुमाः

१. शेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकर लाई भनी राख्नु नपर्ने ।
२.आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने ।
३.एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने ।
४. अर्डर बास्केट ।
५.आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने ।
६. रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने ।
७. सजिलो र छिटो अर्डर राख्न सकिने ।
८ .आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने ।
९. लिन्क एन्ड डक फिचर्स भएको ।
१०. मल्टी विन्डो फिचर्स भएको ।
११. मल्टी एक्सचेन्ज फिचर्स भएको ।
१२.शेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको ।