काठमाडौं । भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा डिशहोमले आयोजना गरेको पहिलो डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न भएको छ।
व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित डिशहोम सोलिडारिटी फुटसल कप प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्त्व गर्दै १७ टिम सहभागी भएका थिए ।
समूह चरणको खेल समाप्ति पश्चात समूह “A” बाट Aqore Software Pvt. Ltd. र IME Limited, समूह “B” बाट Optinet Solution Pvt. Ltd. र IME Cooperative Pvt. Ltd., समूह “C” बाट Nepal Digital Service Pvt. Ltd. र CG Communication Ltd. र समूह “D” बाट DishHome Internet र Amnil Technology Pvt. Ltd. गरि जम्मा ८ ओटा टिम क्वाटर फाईनलमा स्थान सुरक्षित गर्न सफल भएका थिए ।
क्वाटर-फाइनलको खेल पश्चात सेमी-फाइनलमा प्रवेश गरेका चार (४) वटा टिम (IME Cooperative, Nepal Digital Service, Optinet Solution, CG Communication) मध्ये Final को यात्रा भने CG र NDS ले तय गरेका थिए ।
‘स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको फाइनल खेलमा CG Communication Ltd (CG) ले नेपाल डिजिटल सर्भिस (NDS) लाई पराजित गर्दै उपाधि हात पार्यो ।
CG Communication का खेलाडी सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए भने दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गरे । तेस्रो स्थानका लागि भएको खेलमा Optinet Solution ले IME Cooperative लाई हराउँदै तेस्रो स्थान हासिल गर्यो ।
विजेता CG Communication, दोस्रो भएको Nepal Digital Service, र तेस्रो स्थान प्राप्त Optinet Solution ले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (Optinet Solution) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (CG Communication Ltd) बाट चयन भए ।
समापन समारोहमा DishHome का प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गर्नुभएको थियो । डिशहोमले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी वर्षहरूमा पनि सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गरेको छ ।
आर्थिकन्यूज