काठमाडौं । डिशहोमले ल्यानिज हबसँग सहकार्य गरेको छ । डिशहोमले विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशतसम्मको छुट ल्याएको कम्पनीले जनाएको छ। अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू आधा मूल्यमा प्राप्त गर्न सक्ने भएका छन्।
यो विशेष छुट पाउनको लागि, ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३र६र१२र२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्ने छ। त्यसपछि उनीहरूले ५० प्रतिशत छुटमा हाई फ्युचर का स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
सोनिक एयर एयरबड अब केवल १,७४९ (बजार खुद्रा मूल्य रु ३,४९९), जोन २ स्मार्टवाच अब केवल रु २,७४९ (बजार खुद्रा मूल्य रु ५,४९९), भोकल स्पिकर अब केवल रु ४,४९९ (बजार खुद्रा मूल्य रु ८,९९९)मा पाइने भएका छ ।
डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ। यो अफर आजैदेखि लागू भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइट मार्फत सजिलै यी प्रोडक्टहरू खरिद गर्न सक्नेछन्।
डिशहोमका अनुसार, “ल्यानिज हब सँगको सहकार्यमार्फत विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएको कम्पनीको दावी छ ।
यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू हुने छ । यससँगै, सबै हाई फ्युचर उत्पादनहरूमा अतिरिक्त १५ प्रतिशत छुट पाउनको लागि प्रोमो कोड CHILLFI15 प्रयोग गर्न गर्नुपर्ने छ ।
आर्थिकन्यूज