शीर्षकहरू

एनआईसी एशिया बैंकका ग्राहकले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । यो सम्बन्धी बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।बीच सम्झौता भएसँगै उक्त छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकले स्वास्थ्य उपचार सेवामा ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप ओम हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।