शीर्षकहरू

समृद्धि र पोखरा फाइनान्स मर्जर हुने, नाम पोखरा फाइनान्स राख्ने सहमति

समृद्धि र पोखरा फाइनान्स मर्जर हुने, नाम पोखरा फाइनान्स राख्ने सहमति

काठमाडौं । समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्जर हुने भएका छन् । दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । आइतबार बिहान मर्जरको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उक्त दुई संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएको पोखरा फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईले आर्थिक न्यूजलाई जानकारी दिए ।

मर्जपछि बन्ने कम्पनीमा समृद्धिका ४ र पोखराका ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ । कम्पनीको अध्यक्षमा हाल समृद्धिका अध्यक्ष रहेका अजय कुमार मिश्र रहने छन् भने सीईओमा को रहने भन्ने बारे स्पष्ट भइसकेको छैन । हाल समृद्धिको सीईओमा सन्तोष कुमार घिमिरे र पोखराको सीईओमा प्रकाश गुरुङ रहेका छन् ।

मर्जर पछि फाइनान्सको नाम पोखरा फाइनान्स राख्ने सहमति भएको छ । केन्द्रीय कार्यालय पोखरामा रहने छ । कर्पोरेट कार्यालय काठमाडौँमा रहने जनाइएको छ। 

दुवै संस्थाले नियामकीय प्रक्रिया पूरा गरी मंसिरभित्र एकीकृत कारोबार थाल्ने सहमति भएको छ । आजदेखि दुवै फाइनान्सको कारोबार रोक्का हुनेछ । 

हाल पोखराको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख रुपयाँ रहेको छ । समृद्धिको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ । मर्जरपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ६ लाख रुपैयाँ पुग्नेछ । 

null