शीर्षकहरू

दुई कम्पनीले पाए हकप्रद सेयर निष्कासनको स्वीकृति

दुई कम्पनीले पाए हकप्रद सेयर निष्कासनको स्वीकृति

काठमाडौं । दुई कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका छन् । शिवश्री हाइड्रोपावर र सिटी होटलले हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएका हुन् ।

शिवश्रीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । जसको बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

त्यस्तै सिटी होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । होटलले कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको छ । सिटीको हकप्रद सेयर निष्कासन तथा प्रवन्धकमा प्रमुख क्यापिटल रहेको छ ।