शीर्षकहरू

एनआरएनको आगामी कार्यकालका लागि करिब ७७ हजारको सदस्यता स्वीकृत

एनआरएनको आगामी कार्यकालका लागि करिब ७७ हजारको सदस्यता स्वीकृत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२५–२०२७ कार्यकाल लागि हालसम्म ७६ हजार ९३७ जनाले सदस्यता नवीकरण गराएका छन् । एनआरएनएको एमआईएस प्रणाली अनुसार गत शुक्रबारसम्ममा तीन हजार ३६७ जना नयाँ सदस्यता आवेदनहरु स्वीकृत प्रक्रियामा छन् । 

क्षेत्रगत आधारमा सबैभन्दा धेरै सदस्यता एसिया प्यासिफिक क्षेत्रबाट प्राप्त भएको एनआरएनको सचिवालयले जनाएको छ । जहाँ कुल २२ हजार २७९ सदस्य स्वीकृत भएका छन् । दोस्रो स्थानमा अमेरिकाज क्षेत्र परेको छ । यस क्षेत्रबाट १६ हजार ७६२ सदस्य स्वीकृत भएका छन् । तेस्रोमा ओसियानिया क्षेत्र परेको छ । यस क्षेत्रबाट १६ हजार ५३८ सदस्य स्वीकृत भएका छन् । युरोप क्षेत्रबाट १९ हजार ९६९ सदस्य, मध्यपूर्वबाट ९ हजार ६५३ र अफ्रिका क्षेत्रबाट ७३५ सदस्य स्वीकृत भएका छन् । 

देशअनुसार जापानमा १८ हजार ३८९ सदस्य स्वीकृत भएका छन् । अष्ट्रेलियामा १५ हजार ५५१, अमेरिकामा १० हजार ९९४, क्यानडामा ५ हजार ७४५, युकेबाट तीन हजार ५०८, साउदी अरेबियाबाट तीन हजार १२७, कतारबाट तीन हजार ६१५, युएईबाट दुई हजार १२२, आयरल्याण्डबाट एक हजार ४०२ र दक्षिण कोरियाबाट एक हजार ४१६ सदस्य स्वीकृत भएका छन् । 

क्षेत्रगत सदस्यताको प्रतिशतमा आधारमा एशिया प्यासिफिकबाट २९ प्रतिशत सदस्य स्वीकृत भएका छन् । अमेरिकाजबाट २२ प्रतिशत, ओसियानियाबाट २२ प्रतिशत, युरोपबाट १४ प्रतिशत, मध्यपूर्वबाट १३ प्रतिशत र अफ्रिकाबाट १ सदस्य स्वीकृत भएका छन् । 

हालसम्म ५६ वटा राष्ट्रिय समन्वय परिषद्हरु एमआईएस प्रणालीमा आबद्ध छन् भने ५७ परिषद्हरुलाई सदस्य स्वीकृति दिने प्रशासनिक पहुँच प्रदान गरिएको छ ।