काठमाडौं । हिमालयन बैंकको एफपीओमा ४.४२ गुणा बढी आवेदन परेको छ । बैंकले असार ३२ गतेदेखि निष्काशन गरेको एफपीओमा आवेदन दिने अन्तिम दिन आज साउन ४ गतेसम्म ४.४३ गुणा बढी आवेदन परेको हो ।
बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे, जसमा ४ करोड ९ लाख ६६ हजार ५०० कित्ता शेयरका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । जहाँ १७ लाख ८६ हजार ७८२ जनाले आवेदन दिएका हुन् ।
बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेकाे हो । हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। एफपीओ निष्काशन सँगै सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुग्नेछ ।
बैंकले १ अर्ब ४५ करोड २३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गरेकाे हाे । यसमा बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेकाे छ ।
आर्थिकन्यूज