काठमाडौं । युएस–बंगला एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीहरुको परिवारले २०७६ सालमा दायर गरेको मुद्दा जितेका छन् । एयरलाइन्स कम्पनीसँग दुई अर्ब १० करोड रुपियाँको क्षतिपूर्ति दावी गर्दै २०७६ सालमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।
आइतबार न्यायाधिश दिवाकर भट्टको एकल इजलाशले पीडितलाई क्षतिपूर्ति दिनका लागि आदेश गरेको पीडितले बताए । २०७४ सालमा भएको विमान दुर्घटनामा परि ७१ यात्रुको मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु भएका सात जना विद्यार्थीका परिवारले युएस–बंगलाविरुद्ध एक करोड ९० लाख ९० हजार अमेरिकी डलर क्षतिपूर्ति दावी गरेका थिए । उक्त विमान सन् २०१८ को मार्च १२ तारिखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।
बंगलादेशमा एमबिबिएस पढ्र्दै गएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दै उक्त रकम दावी गरेका थिए ।
आर्थिकन्यूज