वीरगञ्ज । वीरगञ्जको केन्द्रमा रहेको आदर्शनगर चौकमा लगभग एक महिनादेखि रेनरेनले सुपरमार्केट संचालनमा आएको छ । नाम जस्तै पसलको बिक्रि काउन्टरमा क्रमश दुई जना चिनीयाहरु बसेर उक्त पसल सञ्चालन गरिहरेको छन ।
स्थानीय व्यापारी देवकी अग्रवालको तिनतले घर मासिक २ लाख ६० हजार रुपैयामा चीनीयाहरुले भाडा लिएका छन । दुई तलामा केहि स्टाफसंगै चाइनिजहरु त्यही बसोको अग्रवालले बताए । सुरुमा चार जना चिनीयाहरु बसे पनि अहिले जियागं लि र एन एमिगं मात्रै रहेको अग्रवालले बताउँछन् । इन झोसी र मो यान फर्कि सकनु भएको छ ।पसलको मुख्य सञ्चालक जियांग लि भएको स्थानीयहरु बताउँछन । उनी यसभन्दा पहिला दुई नेपालमा पर्यटक भिसामा आएता पनि अहिले १८० दिनको लागी बिजनेस भिषामा आएका अग्रवालले बताए ।
मर्केट सञ्चालनमा देखिए जस्तो आर्थिक कारोबार चिनियाँहरुको नाम छैन । मार्केटको कागज पत्रहरुको सबै चाँजोपाँजो एक जना नेपाली नागरिकको नाममा दर्ता छ ।
पर्सा जिल्लाको मधुवन मथवल बस्ने तिलक बहादुर खडकाको नाममा कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएको रेनरेनले सुपर मार्केट आफुले सञ्चालन गरेको तिलक खडकाले बताउँछन् । उनले भने, ‘यो मार्केट मेरो हो, चीनमा उत्पादित समानहरुको बिक्रि बितरण भइरहेकोले त्यसको निरिक्षण र सुपरभिजनको लागी मात्र उँहाहरु (चाइनिजहरु) त्यहा बस्नु हुन्छ ।’ सुरुमा चार जना चाइनिजहरु पसलमा बसे पनि अहले दुई जना चाइनिजहरु मात्र रहेको खडकाले बताए ।
नेपालको तराई क्षेत्रमा पछिल्लो समय चिनियाँ गतिविधि उल्लेखनीय रूपमा बढेको छ । भौगोलिक रूपमा भारतसँग जोडिएको यो क्षेत्र रणनीतिक हिसाबले अतिसंवेदनशील मानिन्छ । हाल सालै यहाँ देखिएको चिनियाँ व्यापारी, लगानीकर्ता तथा सांस्कृतिक कार्यकर्ताको संलग्नता सामान्य देखिए पनि “व्यापारको आवरणमा जासुसी“ बढेको आरोप लाग्ने गरेको छ ।
कारोनाभन्दा पहिला पनि अलखिया मन्दिर नजिकै चिनियाँ नागरिकहरुले पुर्वमन्त्री बिमल श्रीवास्तवको घर भाडामा लिएर कपडाको पसल सञ्चालनमा ल्याएका थिए । तर, रातारात उनीहरु पसल बन्द गरेर फरार भए । पसलको माथिलो तल्लामा चाइनिजहरुले केहि सम्वेदनशील मशिनबाट भारत विरुद्ध जासुसी गरेको अरोप लागेपछि प्रहरीले बढाएको निगरानीले उनीहरु भागेको थिए ।
पछिल्लो केही वर्षयता तराईका वीरगञ्ज, भैरहवा, जनकपुर, नेपालगञ्ज लगायत नाकाका सहरहरूमा चिनियाँ कम्पनीहरू व्यापारका नाममा सक्रिय हुँदै आएका छन् ।
चिनियाँ नागरिकद्धारा वीरगञ्ज पथलैया कोरीडोरमा सञ्चालित छाला तथा मासु उद्योगहरु व्यापारभन्दा कागजी मिलानको आडमा तस्करी गर्ने काम मात्र हुने गरेको पाइएको छ ।
ठमेल र पोखरापछि चीनले आर्थिक महानगरी वीरगञ्जलाई चिनियाँहरुको अखडा बनाउन लागेकोे राष्ट्रिय एकता अभियानका अध्यक्ष बिनय यादवको आरोप छ ।
मुलुकको आर्थिक अवस्था दिन प्रतिदिन खस्दै गएको अवस्थामा वीरगञ्जमा साना व्यापारी ठुलो मारमा रहेको बताउदै अध्यक्ष यादवले भने, ‘भारतमा उत्पादित भारतीय र चीनमा उत्पादित समानहरुको पसल चाइनिजहरुले चलाउने हा । नेपाली विदेश जाने हो ? यहिलेको घाटाको व्यापारमा अढाइ लाख भाडा तिरेर कसरी चाइनिजहरु कसरी नाफा कमाउँछ अर्थात तपाईं आफै बुझनुहोस् व्यापारको आवरणमा भारत विरोधी जासुसी मात्र हो ,यो मार्केट ?’
नेपालका प्रमुख सीमावर्ती नाकाहरूमा चिनियाँ व्यवसायीहरूले सञ्चालन गरेका सर्भिस सेन्टर र सिसिटिभी वितरण केन्द्रहरूबाट स्थानीय ग्राहकहरूको मोबाइल डाटा, अनलाइन गतिविधि तथा सामाजिक सञ्जालको व्यवहार समेत ट्र्याक गर्ने देखि करोडौ रुपैयाका ठगी गरिएको खुलासा भएको छ । लगभग दुई वर्ष अघिपनि वीरगञ्जको लक्षुमणवामा पहरीले गरेको छापामारीमा चाइनिजहरुद्धारा सञ्चालित भारतबाट ठुलो अनलाइन ठगीको खुलासा भएको थियो ।
वीरगञ्जमा सञ्चालित रेनरेनले सुपर मार्केटलाई चिनियाँ नागरिकले सञ्चालन गरेको बारेमा पर्सामा प्रहरी उपरिक्षक गौतम मिश्रले भने, ‘चाइनिज भिजिट भिषामा आएका हुन,मार्केट तिलक बहादुर खडकाको नाममा दर्ता रहेको छ । उनीहरु सेल्समैनको रुपमा काम गरेको होलान । म पनि बुझि रहेको छु ।’
चाइनिजहरु सिधा रूपमा काम नगरी, स्थानीय व्यापारी, दलाल वा धार्मिक संस्थामार्फत नेपालमा आफ्ना गतिविधि बढाउदै आएका छन । कतिपय मदरसा तथा बौद्ध धर्मसँग जोडिएका संघसंस्थाहरूमा चिनियाँ प्रभाव देखिन थालेको छ । यसमा नेपालको सम्बन्धीत निकायले समयमा नै ध्यान पुर्याएन भने नेपालभित्र रहेर विदेशीले अर्को देशविरुद्ध गरेको अपराधको भागीदार नेपालले भोग्न पर्ने स्थिति नआओस ।
अनिल तिवारी