शीर्षकहरू

ज्योतिनगर बस्तीका स्थानीयवासी प्रत्येक वर्षायाममा पहिरोको डरले त्रसित

ज्योतिनगर बस्तीका स्थानीयवासी प्रत्येक वर्षायाममा पहिरोको डरले त्रसित

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ मा पर्ने ज्योतिनगर बस्तीका स्थानीयवासी प्रत्येक वर्षायाममा पहिरोको डरले त्रसित हुन्छन् । चुरे पहाडको फेदीमा रहेको यो बस्तीमा वर्षा लागेसँगै माथिबाट ढुंगा र माटो खस्ने डर हुन्छ। यहाँका बासिन्दाले आकाशमा बादल लाग्नासाथ घर छाडेर खुला स्थानमा रात कटाउन थालेका छन् ।

ज्योतिनगरको माथि रहेको डाँडोमा चिरा परेकाले जुनसुकै बेला ठूलो पहिरो खस्न सक्छ भन्ने चिन्ताले स्थानीयलाई सताइरहेको छ । हिउँदमा सामान्य देखिने समस्या वर्षा सुरु भएलगत्तै गम्भीर बन्छ। पहिरो खस्ने क्रम बढेपछि स्थानीयले स्काभेटर तयारी अवस्थामा राखेका छन्, जसको प्रयोग पहिरो हटाउन गरिन्छ । कतिपय परिवार वर्षा भरि खुला ठाउँमा सुरक्षित बस्ने उपाय अपनाउन बाध्य छन् ।

२०७८ सालको भदौ १३ गते परेको अविरल वर्षाले ज्योतिनगरमा ठुलो क्षति पु¥याएको थियो । सो घटनामा ७ घर पहिरोले पुरिएका थिए भने २० घरमा आंशिक क्षति पुगेको थियो। पहिरोले सडक र विद्युत संरचना पनि भत्काएर जनजीवन प्रभावित बनाएको थियो । विज्ञहरूले यथासमयमै समाधान नगरिए बुटवलको अन्य क्षेत्रसमेत पहिरोको चपेटामा पर्ने खतरा रहेको बताएका छन् ।

२०५५ सालदेखि नै यस क्षेत्रमा पहिरोको समस्या देखा परेको हो । सो समयमा पनि ५७ घरमा क्षति पुगेको थियो । तर, आजसम्म पनि दीर्घकालीन समाधान हुन सकेको छैन । सरकारले यो क्षेत्रलाई जोखिमयुक्त भनेर चिनाएको भए पनि सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न सकेको छैन ।

यति हुँदाहुँदै पनि घरजग्गाको किनबेच भने अझै जारी छ । यसले नयाँ बासिन्दालाई पनि जोखिममा पार्ने काम गरिरहेको छ । स्थानीयवासीहरूले हरेक वर्षको वर्षा त्राससँगै बिताउनु परेको भन्दै सरकारसँग स्थायी समाधानको माग गरिरहेका छन् ।

चेतना पासाङ टोल विकास संस्थाको कोषध्यक्ष शोभा गिरीले २०७८ सालको पहिरो सम्झीदै ज्योतीनगरको पहिरोबाट आफुहरु त्रसीत भएको बताइन् । उनले स्थानिय सरकारले पहिरो रोकथाम गर्न सहयोग गरेको बताउदै यतीले मात्र नपुग्ने बताइन् ।

.स्थानिय कृष्ण श्रेष्ठले कती बेला पहिरो खस्छ भन्ने त्रासले जती बेला पनि ध्यान त्यही नै हुने गरेको बताँउछिन् । स्थानिय बिन बहादुर बिटालुले २०७८ सालमा गएको पहिरोले घरको २ कोठा भत्काइदिएको बताए ।
उनले रातिमा पानि परेको दिन पुरै रात जागाराम बस्ने गरेको बताए ।

स्थानिय कमला पाण्डेले पहिलाको पहिरोमा सबै पुरिदा आफुलाइ भने प्रहरीले तानेर बाचेको बताँउछिन । अहिले पनि रातभरी झ्यालबाट ढुकेर हेर्ने बाहेक कुनै उपाय नरहेका पाण्डे बताँउछिन । बुटवल उपमहानगरपालिका वडा नं ३ को वडा सदस्य अमृत खड्काले वडाले ग्याभिन जाली लगाउने , रिटेनिङ वाल लगाउने कार्य गर्दै आएको बताए ।  पहिराबाट बच्नका लागि विभिन्न अन्तराष्ट्रिय देशहरुसँग सहकार्य समेत गर्दै आएको खड्काले बताए ।

बुुटवल उपमहानगरपालिकाले ०७९ सालदेखि यहाँ चेक ड्याम, रिटर्निङ वाल, बक्स कल्भर्टहरूको मर्मत गर्न थालेको छ । पहिरो खसेर सीधै बस्तीमा नआओस् भनी पानीको बहावलाई व्यवस्थित गर्ने कामहरू गरिएको छ । तर केही ठाउँमा पानीले क्षति पु¥याएको छ ।

यहाँ संघीय सरकारबाट बुटवल उपमहानगरपालिका सशर्त अनुदानमार्फत ३ करोड रुपैयाँ बजेटको काम भयो । प्रदेश सरकारबाट पनि सडक निर्माणको काम चलिरहेको छ । प्रदेश सरकारबाट दुई पटक गरेर ४० लाख रुपैयाँ सडक निर्माणका लागि खर्च भएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट ६० लाख, प्रदेश सरकारबाट सिंचाइ डिभिजन कार्यालयमार्फत विनियोजित ५० लाखमध्ये २५ लाखको डीपीआर तयार पार्ने काम भइरहेको छ । पहिरो क्षेत्रमा खानेपानीको काम पनि भइरहेको छ । क्षेत्रमा स्टेप कटिङ, रिटेनिङ वाल, मेसिनरी वाल तथा भूगर्भभित्रको पानी निकाल्ने काम भइरहेको छ ।

यसरी पहिरो खसि रहने ठाउँमा नेपाल विद्युुत प्राधिकरणले यतिबेला उक्त क्षेत्रम हाइटेन्सन लाइन लैजाने भन्दै रुख कटानको लागि नम्बर लगाएको छ । पहिरो खस्ने चुुरे क्षेत्रमा रुख कटान गर्दा थप समस्या निम्तिन सक्छ, दीर्घकालिन योजना बनाएर पहिरो रोकथाम गर्नु जरुरी छ ।a