काठमाडौ । सरकारले शेयर बजारलाई थप प्रोत्साहन गर्ने नीति लिएपछि शेयर कारोबारमा उत्साह छाएकोे छ । लगातार बढिरहेको नेप्से पछिल्लो ६ कारोबार दिनमै नेप्से सूचक २४८ अंकले बढेको छ भने कारोबार रकम समेत उच्च रहेको छ ।
मंगलबार नेप्से परिसूचक ८०.९७ अंक बढेर २९७३.७० विन्दुमा पुगेको छ । नेप्से लगातार गर्दा समग्र बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब १२ करोड पुगेको छ । यो हालसम्मकै उच्च हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार १६ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन पनि १३ वटै उपसमूहको परिसूचक बेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, लगानी र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।
यस दिन पनि ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको साढे ६८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ५६ करोड नाघेको छ ।
आर्थिकन्यूज