शीर्षकहरू

करिब ३ लाख कित्ता शेयर लिलाम बिक्री गर्दै छ्याङ्दी हाइड्रोपावर

करिब ३ लाख कित्ता शेयर लिलाम बिक्री गर्दै छ्याङ्दी हाइड्रोपावर

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले अवितरित २ लाख ९८ हजार ८३२ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो । 

उक्त शेयर खरिदका लागि साउन १४ गतेदेखि २१ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने हुन्छ । कम्पनीले गत जेठ २३ गतेदेखि चुक्ता पुँजीको शतप्रतिशत अर्थात् ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये २ लाख ९८ हजार ८३२ कित्ता शेयर बिक्री भएको थिएन ।

उक्त शेयरको न्यूनतम् मूल्य १०० रुपैयाँ तोकिएको छ। न्यूनतम् १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्ने छ । बोलपत्र पेश गर्दा खरिद गर्न चाहेको कित्ता र प्रतिकित्ता मूल्य खुलाउनु पर्नेछ । 

पत्रबिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यालय, ग्लोबल आइएमई बैंक बिर्तामोड, हनुमानदास रोड–विराटनगर र जनकपुर शाखामा बाेलपत्र पेश गर्न सकिने छ । यसैगरी, आर्दशनगर–वीरगंज, हेटौँडा, नारायणगढ, न्यूरोड–पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पेश गर्न सकिने छ दिन सकिने छ।