शीर्षकहरू

प्राधिकरण सञ्चालक राधा पोख्रेलले दिइन राजीनामा

प्राधिकरण सञ्चालक राधा पोख्रेलले दिइन राजीनामा

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी महिला संचालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । स्वास्थ्य समस्याका कारण समय दिन नसकिएकाले राजीनामा दिएको पोख्रेलले आर्थिकन्यूजलाई बताइन् । 

पोख्रेलले गत सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएकी हुन् । तर, राजीनामा स्वीकृत भएको नभएको विषयमा जानकारी नपाएको उनले बताइन् । 

पोख्रेललाई अर्थमन्त्रीस्तरीय निर्णय अनुसार गत चैत १ गतेदेखि चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको थियो । सरकारले नियुक्त गरेको पाँच महिना पछि उनले राजीनामा दिएकी हुन् । 

सरकारले गत फागुनमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको थियो । तर, ओझाले पेश गरेका कागजपत्र फर्जी भएको भन्दै अख्तियार र अदालतमा उजुरी परेपछि छानबिन समिति गठन गर्दै मन्त्रालयले उनलाई निलम्बन गरेको छ ।