काठमाडौँ । श्रावण २१ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको नाइमा मोबिलिटी शोमा Maxus MIFA 7 MPV विद्युतीय कार लन्च हुने भएको छ । चाइनाको प्रख्यात SAIC Motor अन्तर्गतको Maxus ब्रान्डको यो गाडी नेपाल आउन लागेको हो ।
याे अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ । केही समयअघि यही Maxus ब्रान्डकै eTerron9 विद्युतीय लक्जरी 4WD पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो । सात सिट क्षमताको यो लक्जरी MPV लाई Maxus को नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याउन लागेको हो ।
हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो, जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । यस अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाले यो Mifa7 नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने बताए ।
९० किलोवाट आवर ब्याट्री क्षमता रहेको Maxus MIFA 7 ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी-प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, AEB, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन- कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडटिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्स रहेका छन् । यसका साथै यो गाडीले Euro NCAP, C-NCAP, A-NCAP मा ५ स्टार रेटिङ पाएको छ ।
यस गाडीको 90 KWH को उच्च क्षमताको ब्याट्रीले ६३५ किमीसम्मको रेन्ज दिन्छ । प्रिमियम डुयल 12.3 इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई परफर्मेन्स 180 KW इलेक्ट्रिक मोटर(350 Nm टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ । ८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको यो MAXUS MIFA7 इलेक्ट्रिक MPV ले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ-टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ। थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो ।
आर्थिकन्यूज