काठमाडौं। नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा ऐतिहासिक कदम स्वरूप बुधवार सारथी केवल इन्डष्ट्रिज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निश्कासन (आइपीओ) सम्बन्धी सम्झौता गरेको छ। यो कार्यक्रम होटल मेरियट सम्पन्न भएको हो।
सम्झौता पत्रअनुसार सारथी केवल इन्डष्ट्रिजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले हस्ताक्षर गरे।
सारथी केवल इन्डष्ट्रिजले आगामी आर्थिक वर्ष २०८२-८३ मा आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई निश्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यस आइपीओमार्फत नेपाली नागरिकले उद्योगमा लगानी गर्ने अवसर पाउने भएको हो।
आइपीओबाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलो पटक भूमिगत केबल उत्पादन सुरु गर्दै नेपालमा विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ ऐतिहासिक प्रयास हुनेछ।
साथै अत्याधुनिक प्रविधि प्रयोग गरी आल्मुनियम फर्नेस प्लान्ट जडान गर्ने लक्ष्य लिएको छ। यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने छ। यसका साथै लगानीकर्ता र ग्राहकका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ।
सारथी केवल इन्डष्ट्रिले विगत १८ वर्षदेखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीमध्ये अग्रणी भूमिका निभाउँदै आएको छ। कम्पनीले मुख्यतः मल्टी-स्ट्र्यान्ड केबल, पावर केबल, कन्सेन्ट्रिक केबल र एसीएसआर कन्डक्टर उत्पादनमा विशेषज्ञता हासिल गरेको छ।
आर्थिकन्यूज