शीर्षकहरू

गत वर्ष सेयर बजारमा धेरै कारोबार हुने कम्पनीमा परे हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर

गत वर्ष सेयर बजारमा धेरै कारोबार हुने कम्पनीमा परे हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रकाशित गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार गत आवमा हिमालय रिइन्स्योरेन्स कम्पनीको ६४ अर्ब २० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

धेरैमा सेयर कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी दोस्रोमा परेको छ । गत आवमा सो कम्पनीको ५२ अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नाङदी ग्रुपको ४९ अर्ब २५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको छ । राधि विद्युतको ४० अर्ब ५६ करोड ७१ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावर कम्पनीको ३९ अर्ब ९१ करोड ५०  लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३७ अर्ब ८२ करोड, सिईडिबि होल्डिङ्गको ३७ अर्ब ७८ करोड ४४ लाख, युनिभर्सलर पावर कम्पनीको २९ अर्ब २ करोड १३ लाख, नेपाल फाइनान्सको २७ अर्ब ५४ करोड ५६ लाख र अपि पावर कम्पनीको २६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

यस्तै, गत आवमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै पटक कारोबार भएको छ । नेप्सेको तथ्यांक अनुसार गत आवमा हिमालयन रिइन्स्योरेन्सको सेयर ६ लाख ३१ हजार १२३ पटक कारोबार भएको छ । 

दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ । सो बैंकको सेयर गत आवमा तीन लाख ४० हजार ३३३ पटक कारोबार भएको छ । नाङदी ग्रुपको सेयर तीन लाख ३४ हजार २९३ पटक कारोबार भएको छ । अपी पावर कम्पनीको सेयर दुई लाख ९९ हजार ३४० पटक कारोबार भएको छ । 

अपर तामाकोशीको हाइड्रोपावरको सेयर दुई लाख ८५ हजार ५९९ पटक किनबेच भएको छ । कुमारी बैंकको दुई लाख ७४ हजार ८०४ पटक, हाइड्रोइलेक्ट्रिकल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको दुई लाख ७२ हजार ७८१ पटक, अरुण भ्याली हाइड्रोपावर कम्पनीको दुई लाख ४४ हजार ५३० पटक, सोनापुर मिनरल एण्ड आयलको दुई लाख ४२ हजार १२ पटक र सिंगटी हाइड्रो पावरको दुई लाख ३४ हजार ९१७ पटक सेयर किनबेच भएको छ । 

सेयर कारोबारको आधारमा नाङदी ग्रुप सबैभन्दा अगाडी रहेको छ । नेप्सेको तथ्यांक अनुसार गत आवमा नाङदी ग्रुपको १२ करोड ६९ लाख ५६ हजार कित्ता सेयर कारोबार भयो । दोस्रोमा कुमारी बैंक परेको छ । सो बैंकको गत आवमा १० करोड ७ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । अपिको आठ करोड ८९ लाख ४८ हजार कित्ता सेयर खदिर विक्री भयो भने अरुण भ्याली हाइड्रोपावरको ८ करोड ८७ लाख ३० हजार कित्ता सेयर खरिद विक्री भयो । 

हाइड्रोइलेक्ट्रोनिक इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट बैंकको ८ करोड ६८ लाख ९४ हजार कित्ता, सिंगटीको ८ करोड १९ लाख ८६ कित्ता, नेपाल इनफ्रस्ट्रचरको ८ करोड १९ हजार ८६ हजार, युनिभर्सल पावर कम्पनीको ७ करोड ९५ लाख ४८ हजार कित्ता, अपर तामाकोशीको ७ करोड २० लाख ९५ हजार र सानिमा माई हाइड्रोपावर कम्पनीको ७ करोड ६ लाख ७४ हजार कित्ता सेयर कारोबार भयो । 

बजार पुँजीकरणको आधारमा विशाल बजार कम्पनी अग्रपंक्ती छ । नेप्सेको तथ्यांक अनुसार गत आवमा विशाल बजार कम्पनीको २ खर्ब १५ अर्ब ८९ करोडको बजार पुँजीकरण भयो । नेपाल पुनर्बीमा कम्पनी दोस्रोमा परेको छ । सो कम्पनीको १ खर्ब ६९ अर्ब १३ करोड, नेपाल दुरसञ्चारको १ खर्ब, ५७ अर्ब ९० करोड, नबिल बैंकको १ खर्ब ४६ अर्ब ४७ करोड र सिजिटन इन्भेष्टमेन्ट ट्रष्टको १ खर्ब २८ अर्ब, ६ करोड रुपैयाँ बराबरको बजार पुँजीकरण भएको छ ।