काठमाडौं । गत आर्थिक वर्षमा नासा सेक्युरिटीजले सबैभन्दा धेरै सेयर कारोबार गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांक अनुसार गत नासाले एक खर्ब २९ अर्ब १ करोड रुपैयाँ बराबरको शेयर विक्री गरेको छ भने एक खर्ब २८ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर खरिद गरेको छ ।
यस्तै, धेरै कारोबार गर्ने ब्रोकर कम्पनीमा इम्पेरियल सेक्युरिटीज दोस्रोमा परेको छ । यो कम्पनीले गत आवमा ८३ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ भने ८७ अर्ब ७ करोड बराबरको शेयर खरिद गरेको छ ।
भिजन सेक्यूरिटीजले ७९ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर विक्री गरेको छ भने ७७ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर खरिद गरेको छ । शनि सेक्युरिटीजले गत आवमा ७२ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर विक्री गरेको छ भने ७२ अर्ब ७० करोडको शेयर खरिद गरेको छ ।
अनलाई सेक्युरिटीजले ७० अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर विक्री गरेको छ भने ६८ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर खरिद गरेको छ । आर्यातारा इन्भेष्टमेन्टले ६० अर्ब ३७ करोड रुपैयाँ शेयर विक्री गरेको छ भने ६० अर्ब १६ करोड शेयर खरिद गरेको छ । डायानमिक मनी म्यानेजर्सले ५४ अर्ब ८७ करोडको शेयर विक्री गरेको छ भने ५५ अर्ब २४ करोड रुपैयाँको शेयर खरिद गरेको छ ।
दिपशिाखा धितोपत्र कारोबारले ५२ अर्ब १० करोड शेयर विक्री गरेको छ भने ५१ अर्ब ६ करोडको शेयर खरिद गरेको छ । एबिसी सेक्युरिटीजले ५० अर्ब ७० करोडको शेयर विक्री गरेको छ भने ४७ अर्ब २१ करोड रुपैयाँको शेयर खरिद गरेको छ । श्री हरी सेक्यूरिटीजले भने ४२ अर्ब ८६ करोडको शेयर विक्री गरेको छ भने ४१ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर खरिद गरेको छ ।
आर्थिकन्यूज