शीर्षकहरू

सांग्रिला डेभलपमेन्टको खुद नाफा सामान्य वृद्धि, वितरणयोग्य मुनाफा ४१ करोड ३८ लाख

सांग्रिला डेभलपमेन्टको खुद नाफा सामान्य वृद्धि, वितरणयोग्य मुनाफा ४१ करोड ३८ लाख

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ६.५० प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीले अघिल्लो आवमा ५० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आवमा ५३ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी घटेपनि नाफा वृद्धि भएको हो । अघिल्लो आवमा २ अर्ब ९० करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब ८८ करोड ९ लाखमा सीमित भएको छ ।

कमिसनबाट हुने आम्दानी सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष फि एण्ड कमिसनबाट १९ करोड ७९ लाख रुपैयाँ आम्दानी भएकोमा गत वर्ष २१ करोड ६१ लाख पुगेको छ ।

कम्पनीको वितरणयोग्य नाफा भने ह्वात्तै बढेको छ । अघिल्लो आवमा १३ करोड १८ लाख रुपैयाँ रहेको वितरणयोग्या नाफा गत आवमा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ । ५.६१ प्रतिशत एनपीएल रहेको कम्पनीको प्रति शेयर आम्दानी १५.१० रुपैयाँ, प्रति शेयर नेट वर्थ १५६.७१ रुपैयाँ रहेकाे छ ।