काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा उच्च वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरको गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १४१ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले अघिल्लो आवमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आवमा ५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी सञ्चालन आम्दानी बढ्दा नाफा पनि वृद्धि भएको हो । अघिल्लो आवमा ८ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १३ करोड ५३ लाखमा रुपैयाँ आर्जन गरेको छ । सञ्चालन आम्दानी १० करोड ५५ लाखबाट १६ करोड ४२ लाख रुपैयाँमा उक्लिएको छ ।
१.५८ प्रतिशत एनपीएल रहेको कम्पनीको प्रति शेयर आम्दानी ४१.८१ रुपैयाँ, प्रति शेयर नेट वर्थ १६९.६२ रुपैयाँ, तरलता अनुपात २०.३९ प्रतिशत र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२५.४६ रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज