शीर्षकहरू

२ वर्षको ठेक्का लागेको पुल ९ महिनामै तयार, प्रधानमन्त्रीले दिए धन्यवाद

२ वर्षको ठेक्का लागेको पुल ९ महिनामै तयार, प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका-९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत आफूले विकासमा खोजेको यस्तै तीव्रता रहेको बताउँदै निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद दिए । 

उनले लेखेका छन्,‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका-९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’

नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो ।