काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले सुमन श्रेष्ठको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो ।
सो शेयर विद्यमान संस्थापक शेयरधनी, आम सर्वासाधारण व्यक्ति, संस्था, कम्पनीले जो कोहीले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । इच्छुकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरानमा आवेदन दिनुपर्ने छ । यसैगरी बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन दिइँदा पनि सकिने छ ।
यस अघि कम्पनीले सो शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्रै बिक्रीका लागि राखेको थियो । कुनै आवेदन नपरेपछि आम सर्वसाधारण, संस्था तथा कम्पनीलाई बिक्री गर्न लागिएको हो ।
आर्थिकन्यूज