काठमाडौं । प्रभु् महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ४५ हजार ४३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले उमेश लाल श्रेष्ठ र लजना श्रेष्ठको नाममा रहेको उक्त कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उमेशको नाममा रहेको ४४ हजार ५५० र लजनाको नाममा रहेको ८८० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको कम्पनीले जानकारी दिएको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा आवेदन पेश गर्नुपर्ने छ ।
उक्त मितिसम्म कुनै आवेदन नपरेमा अन्य सर्वसाधारण, व्यक्ति तथा संस्थालाई सो शेयर बिक्री गरिने पनि कम्पनीले स्पष्ट पारेको छ ।
आर्थिकन्यूज