काठमाडौं ।निभिक्स् फर्मास्यूटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रत्याभूति सम्झौता गरेको छ कम्पनीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत १३ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो।
यस सम्बन्धी प्रत्याभूति व्यवस्थापनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। साउन ७ गते सम्पन्न औपचारिक कार्यक्रममा निभिक्सका प्रवन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा निभिक्सका अध्यक्ष कालिदास पौडेल, सञ्चालक फार्मासिस्ट सुजन चन्द्र सिग्देल र चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेल पनि सहभागी थिए। वि।सं। २०७४ मा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्स २०८१ पुस २ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई औषधि व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको अनुमति प्राप्त गरिसकेको छ।
आर्थिकन्यूज