शीर्षकहरू

जानकी केवल इण्डस्ट्रीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

जानकी केवल इण्डस्ट्रीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौँ। एनआईसी एशिया क्यापिटल र जानकी केवल इण्डस्ट्री लिमिटेड बीच सर्वसाधारणमा निष्काशन गर्न शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

जानकी केवल इण्डस्ट्री लिमिटेड बीच सर्वसाधारणमा निष्काशन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल चयन हुने समझदारी भएको हो । एनआईसी एशिया क्यापिटल ले ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

जानकी केवल इण्डस्ट्री नेपालको आइएसओ ९००१ः२०१५ प्रमाणित तथा युरोपियन प्रमाणपत्र प्राप्त जानकी केवल इण्डस्ट्री नेपालको पहिलो केवल निर्माता कम्पनी हो । जानकी केवल इण्डस्ट्रीबाट उत्पादित केवल तथा कन्डक्टरलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त युरोपियन प्रमाणपत्रहरू प्राप्त गर्दै उपलब्धि हासिल गर्न सफल कम्पनी हो ।