शीर्षकहरू

शेयर बजारमा हरियाली कायमै, लगातार आठौँ कारोबार दिन बढ्यो नेप्से

शेयर बजारमा हरियाली कायमै, लगातार आठौँ कारोबार दिन बढ्यो नेप्से

काठमाडौं । पछिल्लो ८ कारोबार दिनदेखि नेप्सेमा निरन्तर सुधार देखिएको छ । साउन लागेपछि नेप्सेमा हरियाली छाएको छ भने कारोबार रकम समेत उच्चतम हुँदै आएको छ । पछिल्लो समयमा नेप्सेमा औसतमा १९ अर्ब बराबरको शेयर किनबेच हुन थालेको छ  ।

यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ३.७६ अंक बढेर २९८२.६४ विन्दुमा पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १९ अर्ब ५७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भि इनर्जी र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको ९.५ प्रतिशत मञ्जुुश्री फाइनान्स लिमिटेड डिबेञ्चर २०८५ को मूल्य सर्वाधिक ४.२२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७७ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको करिब ७२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ग्रीन भेन्चर्सको कारोबार रकम ६६ करोड नाघेको छ।

null