शीर्षकहरू

२५ सयभन्दा बढी जेष्ठ व्यक्ति नागरिकताविहीन, समस्या समाधान गर्न माग

२५ सयभन्दा बढी जेष्ठ व्यक्ति नागरिकताविहीन, समस्या समाधान गर्न माग

काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी २ हजार ५०० भन्दा बढी जेष्ठ नागरिक नागरिकता विहीन भएको जानकारी गराएका छन् । 

नागरिकता नभएकै कारण ज्येष्ठ नागरिकहरु राज्यले उपलब्ध गराउने विभिन्न खालका सेवाबाट वञ्चित भएको उनले उनीहरुले जानकारी गराएका छन् । 

महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । 

महासंघका मागहरूलाई गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले महासंघलाई आश्वस्त पार्दै भने महासंघले उठाएका मागहरू अत्यन्तै न्यायसंगत भएको बताए । ‘म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी मागहरूलाई गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्ने छ,’ उनले भने ।