शीर्षकहरू

पुर्व बैकर्स सशिन जोशी काठमाडौ फिन्टेकको सल्लाहकार नियुक्त

पुर्व बैकर्स सशिन जोशी काठमाडौ फिन्टेकको सल्लाहकार नियुक्त

काठमाडौं । पूर्व बैंकर्स सशिन जोशी काठमाडौ फिन्टेकको सल्लाहकार नियुक्त भएका छन।  काठमाडौं फिनटेक, नेपालको बैंकिङ र फिनटेक क्षेत्रमा सीप, ज्ञान र क्षमताको वृद्धिका लागि स्थापित तालिम र परामर्श प्रदायक संस्था हो। यो संस्था देश तथा विदेशका प्रतिष्ठित संस्थाहरूसँग सहकार्य गर्दै बैंकिङ र फिनटेक क्षेत्रका लागि आवश्यक ज्ञान र सीप हस्तान्तरण तथा परामर्श प्रदान गर्दै आएको छ।

फिनटेक क्षेत्रको दिगो विकासलाई केन्द्रमा राखेर यस संस्थाले प्रतिपादित गरेको ूनेपाल फिनटेक फेस्टिवलू देशकै प्रतिष्ठित वार्षिक कार्यक्रमको रूपमा स्थापित भइसकेको छ। ३ दशकभन्दा बढी बैंकिङ तथा वित्त क्षेत्रमा अनुभव भएका जोशी रणनीतिक योजना, डिजिटल नवप्रवर्तन र नेतृत्वमा विशिष्ट योगदान पुर्‍याउँदै आएका छन। 

यस अवसरमा संस्थापक र प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले भने, ‘सशिन जोशी जस्तो सम्मानित बैंकिङ व्यक्तित्व काठमाडौं फिनटेकको सल्लाहकारमा आवद्ध हुनु केवल हाम्रो संस्थाका लागि मात्र होइन, समग्र बैंकिङ र फिनटेक क्षेत्रका लागि गौरवको कुरा हो। उहाँको रणनीतिक दृष्टिकोण, संस्थागत ज्ञान र डिजिटल परिवर्तनप्रतिको उत्साहले नेपालमा फिनटेक इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।’