शीर्षकहरू

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने अवधि थपियो

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने अवधि थपियो

काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने अवधि थप भएको छ । साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला साे 'नबिल डिबेन्चर २०८९’मा साउन २० गतेसम्म आवेदन दिन सकिने छ । 

८ वर्ष अवधिको उक्त नबिल डिबेन्चर २०८९’को वार्षिक ७ प्रतिशत ब्याजदर रहने छ बैंकले ३ अर्ब रुपैयाँ बराबरको प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।

जसको ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

सर्वसाधारण मध्येको ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। ऋणपत्रमा न्यूनतम् २५ र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

बैंकले नेपाल धितोपत्र बोर्डबाट असार १२ गते ऋणपत्र निष्काशनको अनुमति पाएको थियो ।