शीर्षकहरू

सिद्धार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रालिबिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५ प्रतिशत सम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नुहुने ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।