वीरगन्ज । राजश्व छली नियन्त्रणको जति दावी गरिए पनि त्यो झुठो साबित भएको छ । सिमाका कडाभन्सार राजस्व चुहावट नियन्त्रणका लागि शस्त्र जनपथले जती दाबी गरेपनि सिमरा प्रहरीले देखाएको सक्रियताले झुठो सावित गरेको हो ।सिमरा प्रहरी बाराले पुन ः एकपटक ठुलो परिमाणमा भन्सार नतिरी ल्याइएका सामानहरू जफत गर्न सफल भएको छ । बाराको सिमरा क्षेत्रबाट प्रहरीले करिब ५२ लाख ७० हजार रुपैयाँ बराबरको भन्सार छली गरिएका सामग्री सहित एक ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको ना ४ ख ५६७२ नम्बरको मालबाहक ट्रकलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिमरा चौक नजिकै पूर्व–पश्चिम राजमार्गमा रोकी जाँच गरेको थियो । जाँचको क्रममा ट्रकमा लोड गरिएका सामानहरू — कपडा, केमिकल, औषधि र साइकल पार्टपुर्जामा बिलमा उल्लेखित विवरण र वस्तु बीच ठूला फरक देखिए पछि प्रहरीले ट्रकलाई नियन्त्रणमा बारा प्रहरीले जनाएको छ ।
पक्राउ परेका सामग्रीहरूको प्रारम्भिक मूल्यांकनमा करिब ५२ लाख ७० हजार ९३८८ बराबरको भन्सार छली गरिएको आशंका गरिएको छ । प्रहरीका अनुसार ट्रकमा रहेका सामग्रीहरूको सम्बन्धित बिलहरू नक्कली वा अपूर्ण भएको प्रहरीको दाबी छ ।जसमा ठुलो भन्सार छलिगरिएको पुष्टि हुन्छ ।
प्रहरीले यस घटनालाई भन्सार राजस्व चुहावट विरुद्धको निरन्तर अभियानको सफल उदाहरणको रूपमा लिएको छ । गिरोहगत रूपमा सञ्चालन हुँदै आएको यस्तो अवैध कारोबारका विरुद्ध प्रहरी निकायले निगरानी र सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै लगीने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको ट्रक र त्यसमा लोड भएका सम्पूर्ण सामानलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । यस सम्बन्धमा संलग्न व्यक्ति र गिरोह पहिचानका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सुरक्षा स्रोतका अनुसार, पछिल्लो समय भारतबाट आयात भइसकेपछि वीरगन्ज भन्सार क्षेत्रबाट बिल झिक्ने तर त्यसमा समेटिएका सामानहरू भन्दा भिन्न र उच्च मूल्यका वस्तु लोड गर्ने प्रवृत्ति बढ्दो छ । यसले सरकारी राजस्वमा ठूलो क्षति पु¥याइरहेको छ ।
प्रहरीले भन्सार प्रशासन, अनुसन्धान विभाग र अन्य निकायसँग समन्वय गरेर यस्ता गतिविधिमा संलग्न तत्वहरूलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको बताइएको छ ।
आर्थिकन्यूज