शीर्षकहरू

राष्ट्र बैंकले एक अर्ब मुद्दती निक्षेपमा राख्दै, बैंकहरुसँग माग्यो ब्याजदरसहितको प्रस्ताव

राष्ट्र बैंकले एक अर्ब मुद्दती निक्षेपमा राख्दै, बैंकहरुसँग माग्यो ब्याजदरसहितको प्रस्ताव

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।

जसअनुसार ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ विकास बैंकमा र ५ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले यही साउन १४ गतेसम्म आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ ।

यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ।जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको,निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा निक्षेप (सीडी) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्नेलगायत छन् ।

null