शीर्षकहरू

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ । उनलाई अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । घिसिङ गत शुक्रबारदेखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमा रहेका छन् ।

 त्यहाँ रहेका नेपाली संघसंस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुन उनी ती मुलुकहरुको भ्रमणमा गएका हुन् । उनको यो भ्रमण आगामी एक महिना सम्म चल्ने छ । सोहि कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाही पनि सम्मानित भएका छन् ।