शीर्षकहरू

सुनको मूल्य स्थिर, चाँदीको सामान्य वृद्धि

सुनको मूल्य स्थिर, चाँदीको सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १लाख ९३ हजार ६०० कायम गरिएको छ, जुन आइतबारको मूल्यसँग समान हो। आइतबार मात्रै सुनको मूल्य एकै दिनमा १ हजार १०० रुपैयाँले घटेको थियो।

चाँदीको मूल्य भने आज केही बढेको देखिएको छ। सोमबार चाँदीको कारोबार मूल्य तोलामा २ हजार २९५ रहेको छ, जुन आइतबारको मूल्य २ हजार २९० भन्दा ५ रुपैयाँले बढी हो।