काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको उक्त कित्ता बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयर धनीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपामा आवेदन दिनुपर्ने छ ।
आवेदन दिइँदा खरिद गर्न चाहेको कित्ता र मूल्य उल्लेख गर्नुपर्ने छ । ३५ दिनसम्म विद्यमान संस्थापकबाट आवेदन नपरेमा कम्पनीले आम सर्वसाधारण, व्यक्ति, संस्था, कम्पनीलाई सो शेयर बिक्री गर्ने पनि स्पष्ट पारेको छ ।
आर्थिकन्यूज