काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओ मंगलबार बाँडफाँड गरिएको छ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँ मा एफपीओ निष्काशन गरेको थियो। कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर असार ३१ गतेदेखि साउन ४ गतेसम्म सार्वजनिक रूपमा बिक्रीमा ल्याइएको थियो।
एफपीओमा कुल १८ लाख २५ हजार ९२२ लगानीकर्ताबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन वैध ठहरिएको छ भने बाँकी आवेदनहरू विभिन्न कारणले अस्वीकृत भएका छन्।
माग अत्यधिक भएपछि बाँडफाँड गोलाप्रथामार्फत गरिएको हो। यस प्रक्रियाबाट ९ लाख २५ हजार ४६ जना आवेदकले १०-१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। ९ जनाले थप एक कित्ता प्राप्त गर्दै ११-११ कित्ता शेयर पाएका छन्।
आर्थिकन्यूज