शीर्षकहरू

सुनको मूल्य घट्यो, चाँदीको सामान्य वृद्धि

सुनको मूल्य घट्यो, चाँदीको सामान्य वृद्धि

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँ  रहेको थियो।

यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रति तोला  २ हजार २९५ मा कारोबार भएको चाँदी आज २ हजार ३०० मा पुगेको छ।