शीर्षकहरू

रसुवा बाढी : ८४ करोड बढी बीमा दाबी, हिमालयन एभरेष्टमा ५५ करोड

रसुवा बाढी : ८४ करोड बढी बीमा दाबी, हिमालयन एभरेष्टमा ५५ करोड

काठमाडौं । गत असार २३ गते रसुवामा आएको बाढीको क्षतिबाट बीमा कम्पनीहरुमा ८४ करोड रुपैयाँ बढी दाबी पेश भएको छ । विभिन्न ११ बीमा कम्पनीमा ६८ वटा दाबी पेश भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ८४ करोड ३८ लाख १० हजार रुपैयाँ दाबी पेश भएको छ । जसमध्ये सबैभन्दा धेरै दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा पेश भएको छ । हिमालयन एभरेष्टमा ५५ करोड रुपैयाँको दाबी पेश हुँदा शिखर इन्स्योरेन्समा १६ करोड ८५ लाख १० हजार रुपैयाँको दाबी पेश भएको हो । हिमालयन एभरेष्टमा २ र शिखरमा १२ वटा दाबी पेश भएको हो । 

नेको इन्स्योरेन्समा ५ करोड १२ लाख ५० हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख, नेपाल इन्स्योरेन्समा १ करोड २८ लाख ५० हजार, यूनाइटेड अजोड इन्स्योरेन्समा ९१ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ७५ लाख ५० हजार, सानिमा जीआईसी इन्स्योरेन्समा ७५ लाख, एनएलजी इन्स्योरेन्समा ४७ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँको दाबी पेश भएको छ ।

कुन पोर्टफोलियोमा कति दाबी ? 

पोर्टफोलियो अनुसार हेर्दा सम्पत्ति बीमा तर्फ सबैभन्दा धेरै दाबी पेश भएको छ । सम्पत्ति बीमा तर्फ ५८ करोड रुपैयाँको दाबी पेश हुँदा सामुद्रिक तर्फ १६ करोड २३ लाख १० हजार, इन्जिनियरिङ तथा ठेकेदार जोखिम तर्फ ५ करोड ४० लाख, मोटर बीमा (सार्वजनिक) तर्फ २ करोड ५९ लाख ५० हजार र मोटर बीमा (निजी) तर्फ २ करोड १४ लाख ५० हजार रुपैयाँ दाबी पेश भएको छ । 

null