शीर्षकहरू

वागमतीमा मुख्यमन्त्री परिवर्तन हुने, बानियाको पक्षमा को–को सासदले मतदान गरे

वागमतीमा मुख्यमन्त्री परिवर्तन हुने, बानियाको पक्षमा को–को सासदले मतदान गरे

हेटौंडा ।  बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने भएको छ ।  कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि त्यहा मुख्यमन्त्री परिवर्तन हुने भएको हो । 

आज बसेको संसदीय दलको बैठकमा भएको मतविभाजनमा २२ सांसदले लामाको विपक्षमा मतदान गरेका छन् । यस्तै उनको पक्षमा १५ जना सांसदमात्रै मत गरेका छन् । लामाको विपक्षमा रहेका २२ सांसदले नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियालाई संसदलीय दलको नेता बनाउन माग गरेका छन् ।

बानियाको पक्षमा मतदान गर्ने २२ सांसद  शिवराज अधिकारी, कञ्चनचन्द्र वादे,  दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तमाङ,  छिरीङ्ग दोर्जे लामा, मीना पराजुली रहेका छन् ।

त्यस्तै, याङ्किला शेर्पा, मीन कृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ रहेका छन् । 

त्यस्तै, लामाको पक्षमा मत दिने सांसदहरूमा बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले,  उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन,  गिता गुरूङ, मसिना खड्का, तिर्थ लामा,  रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र  समिता खड्गी गरि १५ जना रहेका छन् ।