शीर्षकहरू

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यस्तो छ टोयोटाको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यस्तो छ टोयोटाको विशेष अफर

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ। अगस्त ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले 'टोयोटा मेगा अफर' ल्याउँने जनाएको छ ।

एक्स्पोमा टोयोटाको तीन मोडल Yaris Cross Hybrid Electric , Land Cruiser 250 प्रदर्शनमा रहने छन् । उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिङ गर्ने प्रत्येक ग्राहकले 'मेगा डिस्काउन्ट', 'प्ल्याटिनम कार्ड' साथै एक्स्पोमा बुकिङ गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउने छन् ।

स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर पाउने छन, यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिङ गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुने जनाईएको छ ।